साझा दस्तावेजको रुपमा नयाँ संविधान जारी हुन्छ : नेम्वाङ

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते १२:२७ मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक – संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सबै राजनीतिक दल र सरोकारवाला पक्षको साझा दस्तावेजका रुपमा प्रस्तावित नयाँ संविधान जारी हुने विश्वास दिलाएका छन् ।

subash nembangअखिल नेपाल जनजाति सम्मेलन, केन्द्रीय समितिद्वारा प्रस्तुत १५ बुँदे ज्ञापनपत्र बुझ्दै उनले अघिल्लो संविधानसभाका उपलब्धिको स्वामित्व लिएर आन्दोलनका उपलब्धिलाई स्थायित्व प्रदान गर्न जस्तासुकै चुनौती आएपनि एक भएर संविधान जारी गर्ने कामलाई अवसरको रुपमा लिनुपर्नेमा जोड दिए ।

अध्यक्ष नेम्वाङले भने, ‘त्यसका लागि दलहरु एकतावद्ध हुनुपर्दछ, जनताले पनि सुमधुर सम्बन्धमा आवद्ध भएर सकारात्मक दबाब सिर्जना गर्न आवश्यक छ ।’

मुलुक र जनताको हितलाई ध्यानमा राखेर समयमै संविधान जारी गर्न, नयाँ संविधानमा लोकतान्त्रिक गणतन्त्रको प्रावधान समेट्न, धर्म निरपेक्ष राज्य कायम गर्न, कुनै भाषा विशेषलाई विशेष अधिकार नदिन, क्रान्तिकारी भूमिसुधार लागू गर्नलगायत १५ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

सो अवसरमा समितिका अध्यक्ष निमबहादुर बुढाथोकीले जनजातिको साझा सामाजिक सङ्गठनका रुपमा रहेको आफ्नो सङ्गठनले लोकतन्त्र र गणतन्त्र प्राप्तिको आन्दोलन, राष्ट्रियताको रक्षा तथा जनजातिको अधिकारका लागि भएका आन्दोलनमा योगदान पु¥याउँदै आएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us