बालिका बलात्कार गर्ने ८० वर्षीय वृद्ध पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते १०:२७ मा प्रकाशित

नुवाकोट, १६ कात्तिक – बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा खानीगाउँ–४ बराफेदीका ८० वर्षीय लोकबहादुर थापालाई प्रहरीले गिरफ्तार गरेको छ ।

छिमेकी ७ वर्षीया बालिकालाई कात्तिक १५ गते अपरान्ह घरमा कोही नभएको समयमा बलत्कारको प्रयास गरेको आरोपमा प्रहरीले सोही दिन बेलुका गिरफ्तार गरेको हो ।

पीडित बालिकाका परिवारले कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा थापाले बलत्कार प्रयास गरि यौन दुव्यहार गरेको उल्लेख गरि उनलाई कारवाहीको माग गर्दै जाहेरी दिएका छन् ।

पीडित बालिका र पीडक थापाको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । पीडित पक्षको जाहेरीको आधारमा घटनाको अनुषन्धान गरि मुद्धा चलाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाशराज शर्माले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us