काठमाण्डु, १६ कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका लेखा अधिकृत श्रीराम श्रेष्ठ र कलंकी मालपोत कार्यालयका नायब सुब्बा धरेन्द्रनारायण पौडेल विरुद्ध मुद्धा दायर गरेको छ ।
अधिकृत श्रेष्ठलाई चितवनमा गाई फार्म सञ्चालन अनुमति दिन सञ्चालकसँग घूस लिदालिदै पक्राउ परेका थिए । त्यस्तै नायब सुब्बा पौडेलले पनि सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा पक्राउ परेका थिए ।
आरोपी दुवैले घूस लिएको ठहर भएपछि अख्तियारले आइतबार हदैसम्मको कारवाहीको माग गर्दै बिशेष अदालत काठमाण्डुमा मुद्धा दायर गरेको जनाएको छ ।
श्रेष्ठलाई २ लाख ५ हजार र पौडेललाई ५० हजार रुपैयाँ विगो रकम तोकेको अख्तियारले उल्लेख गरेको छ ।