कास्की, २१ मंसिर- मोहन वैद्य नेतृत्वको नेकपा माओवादी कास्की अधिकांश जिल्लास्तरीय नेता नेत्रविक्रम चन्द नेतृत्वको नवगठित नेकपा माओवादीमा प्रवेश गरेका छन् । आइतबार विज्ञप्ति जारी गरी उनीहरुले आफूहरु नवगठित पार्टीमा प्रवेश गरेको जनाएका हुन् । विज्ञप्तिमा ३२ सदस्यीय जिल्ला कमिटीका २५ जनाले आफूहरु चन्द...
काठमाण्डु, २१ मंसिर– नेकपा (माले)का महासचिव सिपी मैनालीले बाह्रौ शताब्दीमा राजा जयस्थिति मल्लले ६४ जातको स्थिति बसालेको स्मरण गराउँदै ती जातजातिलाई पहिचान दिन नेपाली काँग्रेस र एमाले तयार नभएकाले संविधान बन्न नसकेको जिकिर गरेका छन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज आयोजना गरेको अन्तक्र्रियामा...
काठमाण्डु, २१ मंसिर– ऋषि धमला सहरका अति ‘सक्रिय’ पत्रकार हुन् । यिनको सक्रियताबारे सहरमा खासखुस हुँदैन, बहस–छलफल हुँदैन, बरु चोकचोक र चियापसलहरुमा चुट्किलाजन्य चर्चा र हँसिमजाक हुन्छ । रिपोर्टस क्लब नामको सञ्चारथलो उनैले चलाएका हुन् । उनी त्यसका अध्यक्ष हुन् । उनले नेतादेखि अभिनेतासम्म,...
रंगेली, २१ मंसिर– मोरङको रंगेलीमा आज दिउँसो सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा रंगेली नगरपालिका– ३ बस्ने ३५ वर्षीय ज्ञानेन्द्र मण्डलको घटनास्थलमै मृत्यु भएको हो । घटनामा रंगेली नगरपालिका– ३ बस्ने ४० वर्षीया...
सोलुुखुम्बु, २१ मंसिर– सोलुखुम्बु जिल्लामा मौसम परिवर्तनसँगै बढेको चिसोका कारण बिरामीको सङख्या बढ्दै गएको छ । जिल्लाभित्रका स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, टाइफाइड र निमोनियाका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको पाइएको हो । चिसोका कारण माथिल्लो भेग तथा सदरमुकाम सल्लेरी आसपासका बालबालिका तथा वृद्धवृद्धा बढी...
नेपालगन्ज, २१ मंसिर– नेपालगन्ज बजारको मध्यभागमा रहेको बाँके जिल्ला कारागारमा अहिले क्षमताभन्दा अत्यन्त धेरै कैदीबन्दी राखिएका कारण जाडोका चिसा रात पालमुनि बिताउन उनीहरु बाध्य छन् । कारागार विभागले ३०० कैदी राख्न सक्ने क्षमता निर्धारण गरे पनि सो कारागारमा अहिले ५५५ कैदीबन्दी कोचाकोच गरेर राखिएका...
काठमाण्डु, २१ मंसिर– जाडो मौसम सुरु भएसँगै सर्लाहीसहित मध्यतराईमा शीतलहर सुरु भएको छ । शीतलहरसँगै दुईदिनदेखि घाम नलागेका कारण सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ । राजमार्ग र सडकमा सवारी साधनको चाप कम हुन थालेको छ भने सर्वसाधारणको चहलपहल पनि घटेको छ । अत्यावश्यक कामबाहेक...
इटहरी, २१ मंसिर– बेलबारी नगरपालिका–२ का ३५ वर्षीय ताराजुङ राईले तीन वर्षीया छोरी दीपिका र पाँच वर्षीय छोरा दीपेन्द्रको हत्या गरी आफूले स्वयम्ले पनि आत्महत्या गरेका छन् । राईले गएराति आफ्नै घरमा छोराछोरीलाई झुण्ड्याई आफूले पनि झुण्डिएरै आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी...
पाँचथर, २१ मंसिर– गाई र गोरुको अवैध तस्करी बढेपछि ग्रामीण क्षेत्रमा जोत्नका लागि गोरुको अभाव हुन थालेको छ । पाँचथरलाई विन्दु बनाएर तस्करले तेह्रथुम र ताप्लेजुङ क्षेत्रबाट ल्याइएका गाई र गोरु रवि–लारुम्वा हुँदै खुदुनावारीको बाटो हुँदै लैजाने गरेका हुन् । लामो समयदेखि गाईगोरु लैजाँदै...
नेत्रक्रिवक्रम चन्द (विप्लव) ले नयाँ पार्टी बनाउनुसँगै विप्लवसहित सहभागी भएको २०४७ को ‘कालो पुल समूह’ (नाम मेरो होइन) को चर्चा पनि बढेको छ । तथाकथित कालो पुल समूहबारे केही मिडियाहरुमा चर्चा देखेपछि त्यसबारे केही लेख्ने जरुरत महसुस भयो । कालो पुल समूहमा आवेग त...
विराटनगर, २१ मंसिर– उदयपुर जिल्लामा रूखबाट लडेर सिद्धिपुर–८ बस्ने ७६ वर्षीय रणबहादुर रानामगरको मृत्यु भएको छ । शुक्रबार घाँस काट्न घरबाट हिँडेका उनी शनिबारसम्म घर नफर्केपछि खोजतलास गर्दै जाँदा आइतबार बिहान रूखमुनि मृतावस्थामा फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । रासस...
काठमाण्डु, २१ मंसिर– तपाईंले मोदीजस्तो प्रसिद्द व्यक्तिको क्यारिकेचर गर्ने ? मिडिया हबको प्रायोजनमा नेपाल टेलिभिजनबाट हरेक बिहीबार प्रसारण हुँदै आएको तीतोसत्य प्रसारणमा रोक लगाइएपछि उक्त प्रकरणले सञ्चार माध्यममा ठूलै ‘कभरेज’ मात्र पाएको छैन सामाजिक सञ्जाल तताएको छ । नेपाल टेलिभिजनको सेन्सर शाखाले भारतीय प्रधानमन्त्री...