काठमाण्डु– भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको ‘क्यारिकेचर’ गरेको भन्दै नेपाल टेलिभिजनले लोकप्रिय हाँस्य शृंखला तीतो सत्यको प्रसारण रोकेको विषयले सञ्चार माध्यमले राम्रो कभरेज दिए । सामाजिक सञ्जालमा उक्त विषय भाइरल बन्यो । तीतो सत्यको प्रसारण रोकिएको विषयमा क्षमा माग्दै सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले उक्त...
काठमाण्डु, २२ मंसिर– बसभित्र महिलालाई अभद्र व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा स्वयम्भु सानोभर्याङ बस्ने गोरखा सोरेपानीका सुरेश सापकोटालाई प्रहरीले पक्राउ गरेको हो । काठमाण्डु सामाखुशी बस्ने गोरखा भिरकोट घर भएकी २३ बर्षीया महिलालाई अभद्र व्यवहार गरेका...
काठमाण्डु, २२ मंसिर– सत्तारुढ काँग्रेस–एमालेले एमाओवादी नेतृत्वको २२ दलीय विपक्षी मोर्चामा फुट ल्याउन कसरत तीव्र पारेका छन् । उनीहरुले मोर्चा आबद्ध मधेसी मोर्चाका नेताहरुलाई सत्ताको लोभ देखाएर प्रचण्ड मोर्चा कमजोर पार्ने प्रयास तीव्र पारेका हुन् । यसै क्रममा प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइराला...
काठमाडौँ, २२ मंसिर– नेकपा (एमाले)को केन्द्रीय कमिटीको आजको बैठक केहीबेर बसेर यही मङ्सिर २४ गतेसम्मका लागि स्थगन गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणमा दलहरुबीचको छलफललाई प्राथमिकता दिनुपर्ने भएकाले बैठक स्थगन गरेको बताए । अध्यक्ष ओलीले एमालेलाई जनताले विश्वास गरेर समयमै संविधान...
बुटवल, २२ मंसिर– अख्तियारको टोलीले आज घुस लिँदै गरेका नापी कार्यालयका एकजना सर्भेयरलाई रङ्गेहात यहाँ पक्राउ गरेको छ । जिल्ला नापी कार्यालय रुपन्देही अन्तर्गत १ नं नापीका सर्भेयर जाकिर राहिमलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको टोलीले रु १० हजार नगद घुस लिँदै गरेको अवस्थामा...
मकवानपुर, २२ मंसिर- मकवानपुरको सिस्नेरीमा अाज टाटासुमो जिप दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ, अन्य ५ जना घाइते भएका छन् । काठमाडौंबाट मकवानपुरतर्फ आइरहेको ना १ ज २४६७ नम्बरको जिप सडकबाट खसेर दुर्घटना भएको हो । सिस्नेरी ५ को घुम्तिमा...
काठमाण्डु, २२ मंसिर– अन्तर्राष्ट्रिय मावनअधिकार दिवसको सन्दर्भमा आयोजित दलित अधिकारकर्मीको राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ । दलित सेवा सङ्घले आयोजना गरेको ‘विश्वव्यापी आवधिक समीक्षा तथा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसम्बन्धी अभिसन्धि र दलित समुदायमा त्यसको प्रभाव’ विषयक तीन दिने सम्मेलनमा दलित समुदायको अधिकारको निम्ति...
विराटनगर, २२ मंसिर– तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले माघ ८ मा संविधान आउनेमा शंका व्यक्त गरेका छन् । उनले भावनात्मक आधारमा माघ ८ गते संविधान जारी हुने दलहरुले घोषणा गरे पनि यसको कुनै वैज्ञानिक आधार नभएकाे समेत बताएका हुन् ।...
कठमाण्डु, २२ मंसिर– जिप दुर्घटनामा ज्यान गुमाएका सभासद् हरिबहादुर खड्काको निधनबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ । समिति नायब महान्याधिवक्ता राजेन्द्र सुवेदीको नेतृत्वमा गठन गरिएको हो । उक्त समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक माधवप्रसाद नेपाल र राष्ट्रिय अनुसन्धान विभागको निर्देशक गणेश अधिकारी...
काठमाण्डु, २२ मंसिर– सवारी दुर्घटनामा ज्यान गुमाएका काँग्रेस सभासद् हरि खड्काको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिने भएको छ । काँग्रेस प्रवक्ता दिलेन्द्र बडूका अनुसार खड्काको पार्थिव शरीर शिक्षण अस्पतालमा पोष्टमार्टम गरेपछि तीन घण्टासम्म पार्टी कार्यालयमा राखिने छ । महायज्ञमा सहभागी हुन...
धादिङ, २२ मंसिर– राजमार्गमा बढ्दै गएको सवारी दुर्घटनामा कम गर्न ट्राफिक प्रहरीले सवारी साधनको गति जाँच गरी अत्यधिक गतिमा सवारी हाँक्नेलाई कारबाही थालेको छ । सवारी साधनको गतिमा न्यूनीकरण गर्न सवारीको गति मापन गर्ने यन्त्र (स्पिड मिटर) राडार गन प्रयोगमा ल्याइएको छ । गजुरीको...
गौशाला, २२ मंसिर– प्रतिबन्धित लागुऔषधसहित महोत्तरीको खयरमारामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको बेला गाविस–८ बस्ने ३४ वर्षीय खगेन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ परेका राईका साथबाट नेपालमा प्रतिबन्धित भारतीय लागुऔषध कोरेक्स २७ बोतल र...