विराटनगर, २२ मंसिर– तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले माघ ८ मा संविधान आउनेमा शंका व्यक्त गरेका छन् । उनले भावनात्मक आधारमा माघ ८ गते संविधान जारी हुने दलहरुले घोषणा गरे पनि यसको कुनै वैज्ञानिक आधार नभएकाे समेत बताएका हुन् ।
तमलोपाद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटको कार्यक्रममा उहाँले द्वन्द्वरहित संविधान जारी गर्नुपर्ने भएकाले सबैको सहमति आवश्यक रहेको धारणा राखे ।
उनले राज्यको सङ्ख्याको विषयमा खासै विवाद नरहेको र राज्यको सीमाङ्कनलगायतमा विषयमा विवाद कायमै रहेको बताए ।
सङ्घीयतासहितको संविधान नै जारी हुने कुरा स्पष्ट गर्दै महामन्त्री शुक्लाले राज्य पुनःसंरचनालगायतको विषयमा जनमत सङ्ग्रहको आवश्यकता नरहेको प्रष्ट पारे ।
रासस