बसभित्र महिला जिस्काउने व्यक्ति पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर २२ गते १२:१२ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– बसभित्र महिलालाई अभद्र व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

pakrau-arrest

महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा स्वयम्भु सानोभर्याङ बस्ने गोरखा सोरेपानीका सुरेश सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाण्डु सामाखुशी बस्ने गोरखा भिरकोट घर भएकी २३ बर्षीया महिलालाई  अभद्र व्यवहार गरेका ३८ वर्षीय सापकोटाले तनहुँबाट काठमाण्डुमा पक्राउ परेका हुन् ।
उक्त महिलालाई तनहुँबाट माइक्रोबसमा आउँदा अभद्र व्यवहार गरेको भनी प्रहरीलाई उजुरी गरेकी थिइन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us