
कठमाण्डु, २२ मंसिर– जिप दुर्घटनामा ज्यान गुमाएका सभासद् हरिबहादुर खड्काको निधनबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ । समिति नायब महान्याधिवक्ता राजेन्द्र सुवेदीको नेतृत्वमा गठन गरिएको हो ।
उक्त समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक माधवप्रसाद नेपाल र राष्ट्रिय अनुसन्धान विभागको निर्देशक गणेश अधिकारी सदस्य रहेका छन् । सरकारले समितिलाई ७ दिनभित्र प्रतिवेदन पेश गर्न भनेको छ ।
बागलुङ क्षेत्र नम्बर १ का सभासद खड्काको आइतबार साँझ न्युरो अस्पतालमा काठमाण्डुमा निधन भएको थियो । खड्का गत बुधबार बागलुङको बलेवा क्याम्पसले आयोजना गरेको महायज्ञमा सहभागी हुन जाँदा जिप दुर्घटनामा परेका थिए ।
उनको उपचारकै क्रममा निधन भएको हो ।