
काठमाण्डु, २२ मंसिर– सवारी दुर्घटनामा ज्यान गुमाएका काँग्रेस सभासद् हरि खड्काको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिने भएको छ ।
काँग्रेस प्रवक्ता दिलेन्द्र बडूका अनुसार खड्काको पार्थिव शरीर शिक्षण अस्पतालमा पोष्टमार्टम गरेपछि तीन घण्टासम्म पार्टी कार्यालयमा राखिने छ ।
महायज्ञमा सहभागी हुन जाने क्रममा खड्का ग १ झ २२४ नम्बरको जिप बागलुङको भकुन्डे–९ कमिरेमा बुधबार दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए ।
५१ वर्षीय खड्काको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आइतबार साँझ निधन भएको थियो ।
खड्काको शव अन्त्येष्टिका लागि भने गृहजिल्ला बागलुङ लैजाने तयारी छ ।
खड्का दोश्रो संविधानसभा निर्वाचनमा बाग्लुङ–१ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।