सुर्खेत, २२ मंसिर– सुर्खेतको पोखरीकाँडामा आइतबार साँझ भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । ४८ जना घाइते छन् । घाइतेको सरकारी सहित जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतकमध्ये बस चालक छिन्चु सुर्खेतका २४ वर्षीय मिनबहादुर बुढा, बाजुरा गोत्रिका...
इलाम, २२ मसिर– आत्महत्या दिनप्रतिदिन बढ्दै गइरहेको इलाममा थप दुई जनाले छुट्टाछुट्टै स्थानमा झुन्डिएर आत्महत्या गरेका छन् । साँखेजुङ–२ का ४० वर्षीयका घनश्याम गुरुङले झुन्डिएर आत्महत्या गरेका हुन् । बेलुका खाना खाएर सुत्न गएका उनी बिहान खन्युको बोटमा सनपाटको डोरीले झुन्डिएर आत्महत्या गरेका हुन्...
कञ्चनपुर, २२ मंसिर– दातृ निकायले निर्माण गरिदिएका शौचालयलाई कञ्चनपुरको देखतभूलीका बासिन्दाले दाउरा राख्ने ठाउँ र भण्डारगृहका रुपमा प्रयोग गर्दै आएका छन् । शौचालयलाई भण्डारगृह बनाएपछि शौचका लागि खोला, खेत किनारा र सडक छेउलाई रोज्ने गरेका छन् । खुला स्थानमा शौच गर्न जानु हुँदैन भन्ने चेतना...
म्याग्दी, २२ मंसिर– म्याग्दीको दुर्गम मराङमा रहेको स्वास्थ्य चौकीमा प्रसूति केन्द्र (बर्थिङ सेन्टर) स्थापना भएको छ । यसअघि प्रसूति सेवाका लागि दरवाङ र सदरमुकाम बेनी पुग्न बाध्य मराङका सर्वसाधारणले अबदेखि गाउँकै स्वास्थ्य संस्थाबाट उक्त सुविधा प्राप्त गर्ने भएका छन् । चालु आर्थिक वर्षबाट स्वास्थ्य...
काठमाण्डु, २१ मंसिर– काठमाण्डुको बबरमहलमा आइतबार भएको सवारी दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्ता हमाल रहेको प्रहरीले जनाएको छ । काठमाण्डुबाट बनेपा जाँदै गरेको बा २ ख ३७ नम्बरको बसले बा ६३ प ४३२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।...
काठमाण्डु, २१ मंसिर– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा आइतबार साँझ प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए...
सुर्खेत, २१ मंसिर– सुर्खेतको पोखरीकाँडामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । कालिकोटबाट कैलालीको टीकापुरतर्फ जाँदै गरेको ना२ख ६८५७ बस आइतबार दुर्घटना भएको थियो । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटना भएको बताइएको छ । मृतक सबैको शव अहिलेसम्म घटनास्थलमै...
इलाम, २१, मंसिर– इलामको पशुपतिनगरबाट वनभोज खाएर झापाको दमकतर्फ गइरहेको बस मेची राजमार्गको कोल्बुङ–९ भालुझोडानजिकै दुर्घटनाग्रस्त भएको छ । झापाको दमकतर्फ जाँदै गरेको ना ४ ख ८१३३ नम्बरको बस ब्रेक फेल भई सोमबार साँझ ५ बजेर ४० मिनेटमा दुर्घटनाग्रस्त हुँदा १६ जना घाइते भएका...
काठमाण्डु, २१ मंसिर– शिक्षा मन्त्रालयले एमबीबीएसका लागि छात्रवृत्ति प्रदान गर्न लिने परीक्षाको प्रश्नपत्र बाहिरिएकामा सो घटनामा संलग्नलाई कारबाही गर्न शिक्षाविद् तथा सरोकारवालाले माग गरेका छन् । रिपोर्टर्स क्लबले सोमबार राजधानीमा गरेको साक्षात्कारमा यस्ता घटनाले स्वच्छ तथा स्वस्थ प्रतिस्पर्धामा अवरोध पु¥याउने हुँदा दोहोरिन नदिन सम्बन्धित...
काठमाण्डु, २१ मंसिर– मोहन वैद्य नेतृत्वको नेकपा– माओवादीकोले वर्तमान संविधानसभा विघटनको माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएको छ । माओवादी निकट जनसमितिले सरकारी निवास बालुवाटारमा भेटेर आइतबार प्रधानमन्त्री कोइरालालाई ज्ञापनपत्र बुझाएका हुन् । नेतृ पम्फा भुसाल नेतृत्वमा गएकाहरुले बुझाएको ज्ञापनपत्रमा संविधानसभा विघटन गरी...
काठमाण्डु, २१ मंसिर सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मीनेन्द्र रिजालले आफूसँग कुनै पनि मुलुकको पिआर नरहेको दाबी गरेका छन् । रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू नेपाली नागरिक भएको र कुनै देशको पिआर नरहेको बताएका हुन् । सामाजिक सञ्जालमा मन्त्री रिजाल अमेरिकी ग्रिनकार्ड होल्डर...
काठमाण्डु, २१ मंसिर– जिप दुर्घटनामा गम्भीर घाइते भएका काँग्रेस सभासद हरिबहादुर खड्काको निधन भएको छ । उनको बाँसबारीस्थित न्यू रो अस्पतालमा उपचारका क्रममा आइतबार साँझ निधन भएको हो । ग १ झ २२४ नम्बरको जिप बागलुङको भकुन्डे– ९ कमिरेमा बुधबार दुर्घटना हुँदा खड्का गम्भीर...