नेम्वाङले गराए सुशील, केपी र प्रचण्डको भेट

काठमाण्डु टुडे २०७१ मंसिर २१ गते १६:२५ मा प्रकाशित

subasकाठमाण्डु, २१ मंसिर– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा आइतबार साँझ प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए ।
भेटमा संविधानसभाको आगामी बैठकअघि नै दलहरुबीच समझदारी जुटाउने कोसिसमा छलफल भएको थियो । गत मंसिर २३ गते बोलाइएको संविधानसभा बैठकको तयारीका बारेमा नेम्वाङले परामर्श गरेका थिए ।

संवैधानिक–राजनीतिक समिति सभापति बाबुराम भट्टराईले प्रतिवेदन बुझाएपछि संविधानसभाको बैठक आगामी मंसिर २३ बोलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us