सुर्खेतमा रात्रिबस दुर्घटना, मृत्यु हुनेको संख्या १८ पुग्यो

काठमाण्डु टुडे २०७१ मंसिर २१ गते १५:४२ मा प्रकाशित

सुर्खेत, २१ मंसिर– सुर्खेतको पोखरीकाँडामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

कालिकोटबाट कैलालीको टीकापुरतर्फ जाँदै गरेको ना२ख ६८५७ बस आइतबार दुर्घटना भएको थियो । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटना भएको बताइएको छ ।

मृतक सबैको शव अहिलेसम्म घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यलय कालिकोटका प्रहरी निरीक्षक कर्णबहादुर थापाले जानकारी दिए । उनका अनुसार बसमा ६७ जना यात्रु सवार थिए । दुर्घटनामा परी मृत्यु हुनेमा बसका चालक सुर्खेत छिन्चुका २४ वर्षीय मीनबहादुर बुढा, बाजुरा गोत्रिका ५० वर्षीय मुनराज विष्ट र सोही पंके सार्कीको सनाखत भएको छ भने अरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ४९ जनाको सुर्खेत, नेपालगञ्ज र कोहलपुरमा उपचार भइरहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us