
काठमाण्डु, २१ मंसिर– शिक्षा मन्त्रालयले एमबीबीएसका लागि छात्रवृत्ति प्रदान गर्न लिने परीक्षाको प्रश्नपत्र बाहिरिएकामा सो घटनामा संलग्नलाई कारबाही गर्न शिक्षाविद् तथा सरोकारवालाले माग गरेका छन् ।
रिपोर्टर्स क्लबले सोमबार राजधानीमा गरेको साक्षात्कारमा यस्ता घटनाले स्वच्छ तथा स्वस्थ प्रतिस्पर्धामा अवरोध पु¥याउने हुँदा दोहोरिन नदिन सम्बन्धित निकाय चनाखो हुनुपर्ने सुझाव दिएका हुन् ।
शिक्षा सचिव विश्वप्रकाश पण्डितले प्रश्नपत्र किनबेचको घटनाले परीक्षा सञ्चालनमा प्रश्न खडा भएकाको भन्दै पुनः परीक्षा हुने बताए ।
जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने विषयमा कुनै सम्झौता नहुने र दोषीलाई कारबाही हुने उनले स्पष्ट पारे ।
उनले एमबीबीएस छात्रवृत्ति जेहेन्दार र प्रतिभाशाली विद्यार्थीहरुले पाउने र पैसा खुवाएर नाम निकाल्न सकिन्छ भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गर्दै सरकारी कर्मचारी मात्रै राखेर भएपनि परीक्षा प्रणालीलाई सुधार गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।
शिक्षाविद विद्यानाथ कोइरालाले आर्थिक प्रलोभनमा परी प्रश्नपत्रको चुहावट गर्नु र विधार्थीले पनि रु १० लाख तिर्नु दुर्भाग्यपुर्ण हो भन्दै परीक्षा प्रणालीलाई सुधार गर्न नयाँ विकल्प खोज्नुपर्ने धारणा राखे ।
निजी तथा गैर आवाशीय विद्यालय (प्याब्सन) का महासचिव डीके ढुंगानाले नहुने घटना घटेकाले आगामी दिनमा यस्ता घटना घटन नदिन सरकारले नियन्त्रणको पहल अहिले नै लिनुपर्ने भन्दै घटनामा संलग्न व्यक्ति तथा संस्थामाथि अविलम्ब कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । रासस