सञ्चारमन्त्री भन्छन्, म नेपाली हुँ, अमेरिकी पीआर लिएको छैन

काठमाण्डु टुडे २०७१ मंसिर २१ गते १४:१६ मा प्रकाशित

minendra-rijalकाठमाण्डु, २१ मंसिर  सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मीनेन्द्र रिजालले आफूसँग कुनै पनि मुलुकको पिआर नरहेको दाबी गरेका छन् ।
रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू नेपाली नागरिक भएको र कुनै देशको पिआर नरहेको बताएका हुन् । सामाजिक सञ्जालमा मन्त्री रिजाल अमेरिकी ग्रिनकार्ड होल्डर भएको सार्वजनिक भएलगत्तै रिजालको यस्तो स्पष्टोक्ति बाहिर आएको हो ।

उनका आफ्नो बारेमा भ्रम सिर्जना गर्ने कोसिस भइरहेको जिकिर गरेका छन् ।
म नेपालको नागरिक हुँ, नेपालको स्थायीबासी हुँ। मसँग कुनै पनि देशको स्थायी बसोबासको कुनै पनि प्रकारको अनुमति पत्र छैन, मन्त्री रिजालले भनेका छन्, यस विषयमा अन्यथा भ्रम सिर्जजना गर्ने कोसिस भएकाले स्पष्ट पारेको हुँ ।
राज्य व्यवस्था समितिमा सभासदहरुले बहालवाला मन्त्रीकै अमेरिकी ग्रीनकार्ड र क्यानडाको पीआर रहेको भन्दै सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको ध्यानाकर्षण गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us