बसको ठक्करबाट युवतीको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर २१ गते १६:३८ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– काठमाण्डुको बबरमहलमा आइतबार भएको सवारी दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शान्ता हमाल रहेको प्रहरीले जनाएको छ । काठमाण्डुबाट बनेपा जाँदै गरेको बा २ ख ३७ नम्बरको बसले बा ६३ प ४३२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्कर दिने बसमा आक्रोशित समूहले तोडफोड गरेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us