
बुटवल, २२ मंसिर– अख्तियारको टोलीले आज घुस लिँदै गरेका नापी कार्यालयका एकजना सर्भेयरलाई रङ्गेहात यहाँ पक्राउ गरेको छ ।
जिल्ला नापी कार्यालय रुपन्देही अन्तर्गत १ नं नापीका सर्भेयर जाकिर राहिमलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको टोलीले रु १० हजार नगद घुस लिँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो ।
उनलाई साविक बुटवल नगरपालिका–९ स्थित शिवनगरमा जग्गाको हालसाविक गर्ने कामका लागि रकम लिँदै गरेको अवस्थामा सुराकीका आधारमा त्यहाँ पुगेको अख्तियारको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका राहिमलाई थप अनुसन्धानका लागि अख्तियारको हिरासतमा राखिएको छ ।
रासस