लागुऔषधसहित दुई पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर २२ गते ५:०४ मा प्रकाशित

गौशाला, २२ मंसिर– प्रतिबन्धित लागुऔषधसहित महोत्तरीको खयरमारामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही जिल्लाको बेला गाविस–८ बस्ने ३४ वर्षीय खगेन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेका राईका साथबाट नेपालमा प्रतिबन्धित भारतीय लागुऔषध कोरेक्स २७ बोतल र नाइट्रोभेट ट्याब्लेट ९० प्याकेट बरामद भएको प्रहरी नाबय उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

भारतबाट प्लास्टिकको झोलामा लागुऔषध बोकी महोत्तरीको बर्दिबास आउँदै गरेको राईलाई इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी निरीक्षक चन्देश्वर यादवको नेतृत्वमा खटिएको  टोलीले खयरमारा गाविस–३ स्थित चोकमा जाँच गर्दा उनी लागुऔषधसहित पक्राउ परेको  हो ।

राईमाथि लागुऔषध ओसारपोसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us