कास्की जिल्ला कमिटी खाली गरेर वैद्यबाट चन्दको पार्टीमा

काठमाण्डु टुडे २०७१ मंसिर २१ गते १३:५२ मा प्रकाशित

mohan baidhya-netra bikram chandकास्की, २१ मंसिर-  मोहन वैद्य नेतृत्वको नेकपा माओवादी कास्की अधिकांश जिल्लास्तरीय नेता नेत्रविक्रम चन्द नेतृत्वको नवगठित नेकपा माओवादीमा प्रवेश गरेका छन् ।
आइतबार विज्ञप्ति जारी गरी उनीहरुले आफूहरु नवगठित पार्टीमा प्रवेश गरेको जनाएका हुन् ।

विज्ञप्तिमा ३२ सदस्यीय जिल्ला कमिटीका २५ जनाले आफूहरु चन्द नेतृत्वको माओवादीमा रहेको उल्लेख गरेका छन् ।

नवगठित माओवादीकी सचिव साबित्रा दुराद्वारा जारी विज्ञप्तिमा अधिकांश जिल्ला सदस्यहरुले विप्लवको एकीकृत क्रान्तिको कार्यदिशालाई समर्थन गरेको बताएकी छन् ।

बाँकी नेता कार्यकर्तासँग पनि छलफल जारी रहेको र उनीहरु पनि छिट्टै आफ्नो पार्टीमा समाहित हुने दुराले बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us