छोराछोरीसहित बाबुद्वारा आत्महत्या

काठमाण्डु टुडे २०७१ मंसिर २१ गते ६:४० मा प्रकाशित

इटहरी, २१ मंसिर– बेलबारी नगरपालिका–२ का ३५ वर्षीय ताराजुङ राईले तीन वर्षीया छोरी दीपिका र पाँच वर्षीय छोरा दीपेन्द्रको हत्या गरी आफूले स्वयम्ले पनि आत्महत्या गरेका छन् ।

राईले गएराति आफ्नै घरमा छोराछोरीलाई झुण्ड्याई आफूले पनि झुण्डिएरै आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक दुर्गा दाहालले बताए ।

राईकी श्रीमती भने एकहप्ता अघिदेखि घर छोडी बेपत्ता भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us