दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाण्डु टुडे २०७१ मंसिर २१ गते १०:२५ मा प्रकाशित

रंगेली, २१ मंसिर– मोरङको रंगेलीमा आज दिउँसो सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा रंगेली नगरपालिका– ३ बस्ने ३५ वर्षीय ज्ञानेन्द्र मण्डलको घटनास्थलमै मृत्यु भएको हो । घटनामा रंगेली नगरपालिका– ३ बस्ने ४० वर्षीया दिलीप मण्डल भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

हुलाकी राजमार्गअन्तर्गत रंगेली नगरपालिका–५ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१ख २२८० नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१५प ६६९५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

गम्भीर घाइते मण्डलको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us