
विराटनगर, २१ मंसिर– उदयपुर जिल्लामा रूखबाट लडेर सिद्धिपुर–८ बस्ने ७६ वर्षीय रणबहादुर रानामगरको मृत्यु भएको छ ।
शुक्रबार घाँस काट्न घरबाट हिँडेका उनी शनिबारसम्म घर नफर्केपछि खोजतलास गर्दै जाँदा आइतबार बिहान रूखमुनि मृतावस्थामा फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । रासस