मुलुक प्रमुख

सरिता हत्यामा परिवारकै संलग्नता

२०७६ वैशाख २४ गते १२:१०

काभ्रेपलाञ्चोक, २४ बैशाख — मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा परिवारका अन्य सदस्यसमेतको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ । उनका श्रीमान् सुदीपले सरिताको हत्या आफूले गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई समेत हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला...

नेपाल प्रहरीका २ एआईजीको सरुवा, को कहाँ ?

२०७६ वैशाख २४ गते १२:०२

काठमाण्डु, २४ बैशाख – नेपाल प्रहरीका दुई जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा तथा काज भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीद्वय पुष्कर कार्की र धिरु बस्न्यातको सरुवा गरेको हो । पुष्कर कार्कीलाई प्रहरी एकेडेमी सरुवा गरिएको छ भने धिरु बस्न्यातलाई राष्ट्रिय...

काठमाण्डुमा हैजा भेटियो

२०७६ वैशाख २४ गते ११:५९

काठमाण्डु, २४ वैशाख – काठमाण्डुमा हैजाका बिरामी भेटिएका छन् । ताहाचलका ४१ वर्षीय पुरुषमा हैजा भएको पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ । अस्पतालका अनुसार यो वर्ष समय अघि नै हैजाका बिरामी भेटिएको हो । सामान्यतया हैजा बर्खा सुरु...

आज इडिभिको नतिजा सार्वजनिक हुँदै, कसरी हेर्ने ?

२०७६ वैशाख २४ गते ११:२९

काठमाण्डु, २४ वैशाख – अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुलाइएको थियो । इडिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२० को...

विराटनगर प्रदेश राजधानी भएपछि धनकुटा बन्द !

२०७६ वैशाख २४ गते ११:१९

काठमाण्डु, २४ वैशाख – प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् । राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ । त्यस्तै...

कञ्चनपुरमा जीप पल्टियो, तीन जना घाइते

२०७६ वैशाख २४ गते ११:११

धनगढी, २४ बैशाख – कञ्चनपुरमा जीप दुर्घटना भएको छ । धनगढीबाट कञ्चनपुरको बैलौरी जाँदै गरेको युपी ३१ पि ७९७५ नम्बरको भारतीय जीप कञ्चनपुरको पुर्नवास नगरपालिका–२ मोतिबस्तीमा दुर्घटना भएको हो । दुर्घटनामा अन्नपूर्ण पोष्ट र एपिवान टेलिभिजनका सुदूरपश्चिम ब्यूरो प्रमुख शिवराज भट्टसहित ३ जना घाइते...

बुटवलमा भूकम्प मापन यन्त्र जोडियो

२०७६ वैशाख २४ गते १०:५४

बुटवल, २४ बैशाख – बुटवलमा भूकम्पमापन यन्त्र जडान गरिएको छ । विद्यालय भूकम्प शिक्षा कार्यक्रमअन्तर्गत बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलमा भूकम्पमापन गर्ने उपकरण सिस्मोमिटर जडान गरिएको हो । देशभर २२ वटा विद्यालयमा यस्तो यन्त्र जडान गरिँदैछ । स्विजरल्याण्डको लुजान विश्व विद्यालय र विद्यालयमा भूकम्प...

मध्यराति अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

२०७६ वैशाख २४ गते १०:३२

डोटी, २४ बैशाख – डोटीको बडिकेदार गाउँपालिका–४ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् । सोमबार राति अज्ञात समूहले मान्नाकापडीस्थित वडाकार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ...

एक्जिएटामा काम गर्ने मलेसियनले नेपालमा ठग्न खोजेपछि…

२०७६ वैशाख २४ गते १०:२८

काठमाण्डु, २४ वैशाख – त्रिभुवन विमानस्थलबाट एक जना मलेसियन नागरिक पक्राउ परेका छन् । भिसा दस्तुर तिर्न नक्कली अमेरिकी डलर दिएको आरोपमा ४६ वर्षका रुवेन दास अरुल दास पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ । उनी सोमबार राती मालिदो एयरको उडान नम्बर ओडि १८४...

सडेको अवस्थामा दुई पुरुषको शव भेटियाे

२०७६ वैशाख २४ गते १०:२४

बलेवा, २४ बैशाख – बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो । सोमबार बिहान घाँसदाउराका लागि जङ्गल पुगेका स्थानीयवासीले घर्तीको...

अपहरणपछि दुई वर्षीय बालकको घाँटी रेटेर हत्या

२०७६ वैशाख २४ गते १०:०६

काठमाण्डु, २४ वैशाख – धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए । बेपत्ता आर्यनको शव मंगलबार बिहान घर नजिकै...

कोटेश्वरमा भेटिएको शंकास्पद बस्तु बम नभएको खुलासा

२०७६ वैशाख २३ गते २०:५१

काठमाण्डु, २३ वैशाख– काठमाण्डुको कोटेश्वरचोक नजिकै झोलामा भेटिएको संकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । झोलामा शंकास्पद बस्तु भेटिएपछि बम भएको आशंकामा प्रहरीले तीनकुने–कोटेश्वर सडकमा सवारी साधन आवागमनमा रोक लगाएको थियो । करिब दुई घण्टा सवारी आवागमन रोकिँदा सवारीको लामो लाइन लागेको थियो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us