नेपाल प्रहरीका २ एआईजीको सरुवा, को कहाँ ?

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १२:०२ मा प्रकाशित

काठमाण्डु, २४ बैशाख – नेपाल प्रहरीका दुई जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा तथा काज भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीद्वय पुष्कर कार्की र धिरु बस्न्यातको सरुवा गरेको हो ।

पुष्कर कार्कीलाई प्रहरी एकेडेमी सरुवा गरिएको छ भने धिरु बस्न्यातलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा काज सरुवा गरिएको छ ।

त्यस्तै सोमबार नेपाल प्रहरीका ८ जना एसएसपीहरुको सरुवा भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us