पाल्पा, २५ वैशाख – माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमिनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमिनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको...
सिन्धुपाल्चोक, २५ वैशाख – सिन्धुपाल्चोकको मेलम्चीबाट नवलपुर जाँदै गरेको आइचर ट्रकबाट खस्दा एकको ज्यान गएको छ । मंगबार साँझ मेलम्चीबाट नवलपुर जाने क्रममा बा४ख ७०१८ नंको आइचर ट्रक दुर्घटना हुँदा इन्द्रावती–४ का ६४ वर्षीय शुरबहादुर तामाङको ज्यान गएको हो । आइचरको पछाडि बसेर जन्तीबाट...
काठमाण्डु, २५ वैशाख – एकै पटक अत्यधिक ‘एक्सस’ भएपछि अमेरिकी डाइभर्सिटी भिषा (डिभी) २०२० को नतिजा हेर्ने आधिकारिक वेबसाइटमा समस्या देखिएको छ । युएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ काउन्सिलर अफेयरले ट्विट गर्दै डिभी आवेदकले एकै पटक उच्च संख्यामा ‘एक्सेस’ गरिरहेको जनाएको छ ।...
बुटवल, २५ वैशाख – भूकम्प मापनका लागि बुटवलमा भूकम्प मापन यन्त्र जडान गरिएको छ । विद्यार्थी मार्फत भूकम्पबाट बच्ने तरिका सिकाउन भन्दै न्यू होराइजन आवासीय माविले भूकम्प मापन गर्ने उपकरण सिस्मोमिटर जडान गरेको हो । विद्यालयमा भूकम्प शिक्षा कार्यक्रमले होराइजन सहित देशभरका २२ विद्यालयमा...
काठमाण्डु, २५ वैशाख – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज सामान्यतया देशभर मौसम सफा रहेको जनाएको छ । तथापि पूर्वी पहाडी भेगका एक–दुई ठाउँमा अपराह्न वा साँझपछि आंशिक बदली भई मेघगर्जन सहित क्षणिक हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै पश्चिम पहाडका...
चितवन, २५ वैशाख – कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरको पठनपाठन एक महिनादेखि ठप्प भएको छ । गत चैत २१ गते विश्वविद्यालयका कृषि सङ्कायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले कालोमोसो दलेर अभद्र व्यवहार गरेपछि विश्वविद्यालयको पठनपाठन ठप्प भएको हो । विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिका...
लहान, २५ वैशाख – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयामा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । चोहर्वास्थित नेपाली सेनाको बा १ ग २४६२ नम्बरको ट्रकमा स ६ प ८०१३ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ का सागरकुमार जयसवालको घटनास्थलमै...
काठमाण्डु, २५ वैशाख – अमेरिकी डाइभर्सिटी भिसा (इडीभी) २०२० को नतिजा गएराति सार्वजनिक भएको छ । काठमाण्डुस्थित अमेरिकी दूतावासकाअनुसार सन् २०१८ को अक्टोबरदेखि नोभेम्बरसम्म इडीभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको इडीभी चिट्ठाको परिणाम सार्वजनिक भएको हो । डीभीसम्बन्धी अवाञ्छित इमेलहरूको...
कञ्चनपुर, २४ बैशाख – इच्छा शक्ति र कामप्रतिको लगाव भए जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने भनाइलाई कुस्तीका पूर्व राष्ट्रिय खेलाडी नरेन्द्र खत्रीले सही सावित गरेका छन् । झण्डै एक दशकसम्म कुस्ती खेलमा प्रतिष्पर्धा गरेका कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वैजनाथ टोलका नरेन्द्र खत्री पछिल्लो...
काठमाण्डु, २४ वैशाख – सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीश मनोजकुमार शर्माविरुद्ध परेको रिट खारेज भएको छ । सर्वोच्चका न्यायाधीश तेजबहादुर केशीले निवेदकको माग दाबी नपुग्ने भन्दै रिट खारेज हुने फैसला गरेका हुन् । वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्चमा न्यायाधीश बन्नका लागि आवश्यक पर्ने योग्यता शर्मासँग...
काठमाण्डु, २४ वैशाख – सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई संविधान अनुसार नागरिकता दिलाउने गृहमन्त्रालयको परिपत्र रोक्न फेरी आदेश गरेको छ । गृहमन्त्रालयको परिपत्र विरूद्ध बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि पहिलो सुनुवाई गर्दै यसअघि पनि सर्वोच्चले अन्तरकालिन अन्तरिम आदेश दिएको थियो । पछि...
काठमाण्डु, २४ बैशाख – सरकारले संघीय संरचना अनुसार कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समायोजन अझै टुंगो लाग्न सकेको छैन । स्वास्थ्यका कर्मचारी समायोजनमा धेरै त्रुटि भएपछि समाधानका लागि सरकारले कर्मचारीसँग गुनासो दर्ता गर्न भनेको थियो । सोही अनुसार स्वास्थ्यका...