मुलुक प्रमुख

पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ फेल !

२०७६ वैशाख २६ गते १६:२२

काठमाण्डु, २६ वैशाख – आफैंले ‘कखरा’ सिकेको विद्यामन्दिर माविमा बुधबार प्रमुख अतिथिका रुपमा उपस्थित थिए, पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ । यसपालि श्रेष्ठ विद्यालय आउनुको उद्देश्य भिन्न थियो । कमैलाई यस्तो सौभाग्य मिल्छ्, जुन उनलाई मिल्यो । भूकम्पपछि पुनःनिर्मित भवनको उद्घाटन श्रेष्ठले गरे । उद्घाटनपछि उनले...

७ हजार घुससहित फरेस्टर पक्राउ

२०७६ वैशाख २६ गते १६:१५

रुकुम, २६ वैशाख – रुकुम पश्चिमको चौरजहारीस्थित चौफा सव डिभिजन वन कार्यालयमा कार्यरत फरेस्टर महेन्द्र बिसी ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । कटान आदेशको काममा सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । बिसीलाई आयोगको सुर्खेतस्थित...

फेरी प्रहरीले सुनसहित एक जनालाई पक्रियो

२०७६ वैशाख २६ गते १५:५१

काठमाण्डु, २६ वैशाख – प्रहरीले हेटौँडाबाट एक किलो ६ सय ४९.९६ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सडकबाट भोजपुर खडानन्द नगरपालिका–४ भोजपुर बस्ने २९ वर्षीय किशोर ल्वागुन बिश्वकर्मालाई सुनसहित बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी...

चोरीको मोटरसाइकल रोक्न खोज्दा प्रहरीमाथि नै हेल्मेट प्रहार

२०७६ वैशाख २६ गते १५:३७

काठमाण्डु, २६ वैशाख – काठमाण्डुमा मोटरसाइकल चोरी गरेर भागेका एक ब्यक्ति पक्राउ परेका छन् । दोलखा देउराली गाउँपालिका–८ घर भइ काठमाण्डु बसुन्धरा बस्ने २२ वर्षीय मोहनलाल श्रेष्ठलाई चोरीको बा.७८ प ४८२० नम्बरको मोटरसाइकल सहित बिहीबार प्रहरीले पक्राउ गरेको हो । गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा महानगरीय...

भारतको सिक्किम र दार्जिलिङमा पोखराको चर्चा

२०७६ वैशाख २६ गते १४:५५

पोखरा, २६ वैशाख – दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) को टोलीले भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनमा साझेदारीका लागि छलफल गरेको छ । सिक्किम सरकार ग्रामीण व्यवस्थापन र विकास विभागअन्तर्गतको सिक्किम राज्य ग्रामीण...

कनिष्ट एसएसपीलाई डिआइजी बनाएको भन्दै वरिष्ठ अधिकृत ‘रुष्ट’

२०७६ वैशाख २६ गते १४:०३

काठमाण्डु, २६ वैशाख – एसएसपी विश्वराज पोखरेल डीआइजीमा बढुवा भएपछि अन्य वरिष्ठ प्रहरी अधिकृतहरुले असन्तुष्टि देखाएका छन् । अन्य असन्तुष्ट एसएसपीहरुले राजनीतिका पहुँचका आधारमा कनिष्टलाई डीआइजीमा बढुवा गरेको भन्दै असन्तुष्टी जनाएका हुन् । ०४६ माघ २९ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको टोलीले नेपाल प्रहरीमा...

सर्वोच्चको चियापान कर्मचारीद्वारा बहिस्कार

२०७६ वैशाख २६ गते १३:४२

काठमाण्डु, २६ वैशाख – सर्वोच्च अदालतले कानुन दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम न्यायपालिकाका कर्मचारीले बहिष्कार गर्ने भएका छन् । दुई वर्षदेखि कम्तिमा १ जना राजपत्र अंकित कर्मचारीलाई चीन अध्ययन भ्रमणका लागि मनोनयन गर्ने गरिएको र यसपटक नगरिएको भन्दै कर्मचारीले अदालतको कार्यक्रम बहिष्कार गर्ने...

मोटरसाइकलको ठक्करबाट वृद्धाको ज्यान गयो

२०७६ वैशाख २६ गते १३:२५

रामेछाप, २६ वैशाख – सदरमुकाम मन्थलीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । आज बिहान खिम्तीबाट मन्थली आउँदै गरेको बा४८प ३०१८ नंको मोटरसाइकलको ठक्करबाट लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ निवासी ६५ वर्षीया वृद्धा केशरी तामाङको ज्यान गएको हो । घाइते भएकी तामाङको उपचारका क्रममा तामाकोशी...

भोलीबाट वीरगञ्ज नाका तीन दिन बन्द

२०७६ वैशाख २६ गते १२:५३

वीरगञ्ज, २६ वैशाख – सीमावर्ती भारतीय राज्य बिहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि तीन दिन सीमा नाका बन्द हुने भएको छ । निर्वाचनका लागि वैशाख २७ गतेदेखि २९ गतेसम्म अर्थात मे १० देखि १२ तारिकसम्म्म ३ दिन नेपाल भारतको सीमा नाका बन्द हुने...

डाक्टरले गरे २१ वर्षीया मोडल बलात्कार

२०७६ वैशाख २६ गते १२:०७

एजेन्सी । मुम्बईमा एक ५५ वर्षीय डाक्टरलाई २१ वर्षे मोडललाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरीका अनुसार मोडलको एक सिरियलमा काम गर्नेबेला डाक्टरसँग चिनजान भएको थियो । पीडित मोडललाई उनका एक साथीले डाक्टरबारे जानकारी दिएका थिए । त्यसपछि मोडल आरोपी डाक्टरलाई उपचारको...

बौद्ध क्षेत्र तनावग्रस्त, प्रहरी र स्थानीयबीच झडप

२०७६ वैशाख २६ गते ११:४९

काठमाण्डु, २६ वैशाख – चावहिल–बौद्ध–जोरपाटी सडकखण्ड छिट्टै पिच गर्न माग गर्दै अनिश्चितकालीन आन्दोलन सुरु गरेका स्थानीय र प्रहरीबीच झडप भएको छ । बौद्धमा बौद्ध व्यापार सङ्घको अगुवाइमा बाटो धुलोमुक्त बनाउ भन्दै स्थानीय प्रदर्शनमा उत्रेपछि बाटो ठप्प भएपछि खुलाउन प्रहरीले बल प्रयोग गरेको हो ।...

जब सुत्केरीको सालनाल बिरामीको झोलामा भेटियो…

२०७६ वैशाख २६ गते ११:३०

झापा, २६ वैशाख – कनकाई –प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन् । एक महीनामा १० सम्म सुत्केरी गराउँदै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us