
काठमाण्डु, २६ वैशाख – प्रहरीले हेटौँडाबाट एक किलो ६ सय ४९.९६ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१५ स्थित सडकबाट भोजपुर खडानन्द नगरपालिका–४ भोजपुर बस्ने २९ वर्षीय किशोर ल्वागुन बिश्वकर्मालाई सुनसहित बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले काठमाण्डुबाट वीरगंजतर्फ जाँदै गरेको ना. ८ ख ३७९२ नम्बरको बस जाँच गर्ने क्रममा उनले लुकाईछिपाई ल्याउँदै गरेको उक्त परिमाणको सुन फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।