मुलुक प्रमुख

प्रहरी सहायक निरीक्षकको नतिजा प्रकाशित

२०७६ वैशाख २७ गते १७:४२

काठमाण्डु, २७ वैशाख – प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (जनपद) पदमा २०७५ असोज १५ गते लिइएको विशेष स्वास्थ्य परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । उक्त परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरिएको हो । साथै कार्यालयले विशेष स्वास्थ्य परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुलाई लिइने अन्तरवार्ता परीक्षाको...

कहिले सकिएला चापागाउँ –सातदोबाटो सडककाे मर्मत ?

२०७६ वैशाख २७ गते १७:२५

ललितपुर, २७ वैशाख – तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको चापागाउँ –सातदोबाटो सडक अबको हप्ता दिनभित्र मर्मत हुने भएको छ । लामो समयदेखि धुवाँधुलो र हिलाले आजित चापागाउँबासीले बिहीबार र आज क्रमशः एक र दुई घण्टा यातायात अवरुद्ध पारी आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन्...

जब आगोले भविष्य नै खरानी बनायो…

२०७६ वैशाख २७ गते १७:१४

नारायणपुर, २७ वैशाख – जङ्गली डढेलोका कारण माले र सिरुखर्कको सिङ्गो गाउँ नै खरानी बन्यो । दाङको घोराही उपमहानगरपालिका– १ तल्लो माले र सिरुखर्कका अग्निपीडित अहिले बारी र रुखमुनी छन् । जिन्दगीभर कमाई जोगाएर राखेको सम्पति र भविष्यको योजना आगोसँगै डढेपछि उनीहरू खुल्ला आकाशमुनि...

काठमाण्डुको खानेपानीमा कोलिफर्म भेटियो

२०७६ वैशाख २७ गते १७:०९

काठमाण्डु, २७ वैशाख – राजधानीको खानेपानीमा कोलिफर्म फेला परेको छ । केही दिनअघि ताहाचलका ४५ वर्षीय एक पुरुषमा हैजाको जीवाणु देखिएपछि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ती व्यक्तिले प्रयोग गर्ने गरेको खानेपानीको नमुना संकलन गरेर परीक्षण गरेको थियो । परीक्षण गर्दा...

वाग्मती तीर्थ यात्रा आजबाट शुरु

२०७६ वैशाख २७ गते १७:०५

काठमाण्डु, २७ वैशाख – कटुवालदहबाट वाग्मती नदीको उद्गमस्थल वाग्द्वारसम्मका १६५ तीर्थमा स्नान तथा पूजा गरी मनाइने वाग्मती तीर्थ यात्रा आज बिहानदेखि शुरु भएको छ । पशुपति मन्दिरमा विशेष पूजासहित परिसरमा कन्याकुमारी पूजा, आगम घरमा हवनसहित विशेष पूजा गरी यात्रा शुरु भएको हो । कोषका...

तराईमा ‘लु’ चल्यो, नेपालगञ्जको तापक्रम ४३ डिग्री

२०७६ वैशाख २७ गते १६:३४

काठमाण्डु, २७ वैशाख – नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ। मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार...

कक्षा १० को बोर्डमा डीएभी स्कूल प्रथम

२०७६ वैशाख २७ गते १६:०८

काठमाण्डु, २७ वैशाख – शैक्षिक सत्र २०१८/१९ मा सीबीएसई बोर्डद्वारा सञ्चालित कक्षा १० को बोर्ड नतिजामा डीएभी शुशील केडिया विश्व भारती विद्यालयले बिगतका सबै रेकर्ड तोड्दै प्रथम स्थान हासिल गरेको छ । विद्यालयले नेपालमा रहेका सीबीएसई विद्यालयको सबै रेकर्ड तोडेको हो । डीएभी विद्यालयका...

ललितपुरमा युवतीले वृद्धलाई बन्धक बनाएपछि…

२०७६ वैशाख २७ गते १४:४६

काठमाण्डु, २७ वैशाख – आर्थिक लेनदेनको विषयमा व्यक्तिलाई बन्धक बनाएको अरोपमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर, ललितपुरको टोलीले बन्धक बनाइएका इमाडोलका ५८ कृष्ण चौडेललाई उद्दार गरी संलग्नलाई पक्राउ गरेको हो । महाशाखाका एसपी केदार ढकालका...

बानेश्वरमा बन्यो सुविधासम्पन्न आइप्लेक्स

२०७६ वैशाख २७ गते १३:३८

काठमाण्डु, २७ वैशाख – काठमाण्डुको नयाँ बानेश्वरमा एक महिनाभित्र सुविधासम्पन्न मल सञ्चालनमा आउने भएको छ । ५० भन्दा बढी विभिन्न अन्तरराष्ट्रिय ब्रान्डका पसलहरु, सुपर स्टोर, अत्याधुनिक सुविधायुक्त दुईवटा सिनेमा हल, फुडकोर्ट, युवा जवानलाई मनोरञ्जन प्रदान गर्ने इभेन्टकोर्ट, कफी बार सहितको आइप्लेक्स मल सञ्चालनमा आउन...

११ महिने छोरीको आगो लगाएर हत्या, भाग्दै गरेका बाबु–आमा पक्राउ

२०७६ वैशाख २७ गते १३:१९

दार्चुला, २७ वैशाख – व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन् । बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महिने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको लुठ्ठा (खर)मा आगो लगाएर...

प्रेस युनियनले भन्योः १० लाख जरिवानाले पत्रकारको घाँटी थिच्यो

२०७६ वैशाख २७ गते १२:२७

काठमाण्डु, २७ वैशाख – नेपाल प्रेस युनियनले सरकारले ल्याएको नेपाल मिडिया काउन्सिल र आमसञ्चार विधेयकको विरोध गरेको छ । युनियनले पत्रकारलाई १० लाख जरिवाना लगाउँदा स्वयं पत्रकारकै घाँटी थिच्ने र पत्रकारलाई व्यवसायिक पत्रकारिताबाट हटाउन खोजेको बताएको छ । विधेयकमा गरिएको जरिवाना तथा क्षतिपुर्ती सम्बन्धी...

जनप्रतिनिधि र कर्मचारीले नै गरे ठेकेदारको संरक्षण

२०७६ वैशाख २७ गते १२:१३

हुम्ला, २७ वैशाख – देश संघीयतामा गएसँगै संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएपनि जनप्रतिनिधिदेखि कर्मचारीसम्मको मनपरितन्त्र झनै मौलाएर गएको छ । हुम्लाको सर्केगाड गाउँपालिकामा ठेकेदारको संरक्षणमा गाउँपालिका प्रमुखदेखि कार्यकारी अधिकृतसम्मको मिलेमतो देखिएको छ । आर्थिक बर्ष ७५–७६को ठुलाकामको लागी अन्नपूर्ण पोस्ट राष्टि«य दैनिक पत्रीकामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us