बानेश्वरमा बन्यो सुविधासम्पन्न आइप्लेक्स

काठमाण्डु टुडे २०७६ वैशाख २७ गते १३:३८ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख – काठमाण्डुको नयाँ बानेश्वरमा एक महिनाभित्र सुविधासम्पन्न मल सञ्चालनमा आउने भएको छ ।

५० भन्दा बढी विभिन्न अन्तरराष्ट्रिय ब्रान्डका पसलहरु, सुपर स्टोर, अत्याधुनिक सुविधायुक्त दुईवटा सिनेमा हल, फुडकोर्ट, युवा जवानलाई मनोरञ्जन प्रदान गर्ने इभेन्टकोर्ट, कफी बार सहितको आइप्लेक्स मल सञ्चालनमा आउन लागेको हो ।

कम्पनीले काठमाण्डुवासीको रहन–सहनमा आउन थालेको आधुनिक परिवर्तनका कारण मनोरन्जन, खानादेखि दैनिक आवश्यकताका सामग्री सजिलै किनमेल गर्न सकियोस् भन्नका लागि यस्तो मल सञ्चालनमा ल्याउन लागिएको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us