कक्षा १० को बोर्डमा डीएभी स्कूल प्रथम

काठमाण्डु टुडे २०७६ वैशाख २७ गते १६:०८ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख – शैक्षिक सत्र २०१८/१९ मा सीबीएसई बोर्डद्वारा सञ्चालित कक्षा १० को बोर्ड नतिजामा डीएभी शुशील केडिया विश्व भारती विद्यालयले बिगतका सबै रेकर्ड तोड्दै प्रथम स्थान हासिल गरेको छ । विद्यालयले नेपालमा रहेका सीबीएसई विद्यालयको सबै रेकर्ड तोडेको हो ।

डीएभी विद्यालयका आदित्य अग्रवालले ९८.६% अंकका साथ प्रथम स्थान हासिल गरेका छन् । दोस्रो स्थानको लागि अर्पित खेतानले ९६.८% प्राप्त गरे भने आयुश श्रेष्ठले ९६.४% प्राप्त गरी तेस्रो स्थान हासिल गरेका छन् ।

डीएभी विद्यालयबाट सहभागी कुल १४८ परीक्षार्थी मध्ये ३९ जना विद्यार्थीेहरूले ९०% प्रतिशतभन्दा माथिको नतिजा निकालेका छन् भने सहभागी सबै परीक्षार्थी उतिर्ण भएका छन् ।

दुई दिन अघि प्रकाशित सीबीएसई कक्षा १२ को बोर्ड नतिजामा समेत डीएभी विद्यालयले नेपालबाट अहिले सम्मकै रेकर्ड तोड्दै उत्कृष्ट नतिजा हासिल गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us