प्रहरी सहायक निरीक्षकको नतिजा प्रकाशित

काठमाण्डु टुडे २०७६ वैशाख २७ गते १७:४२ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख – प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (जनपद) पदमा २०७५ असोज १५ गते लिइएको विशेष स्वास्थ्य परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । उक्त परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरिएको हो ।

साथै कार्यालयले विशेष स्वास्थ्य परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुलाई लिइने अन्तरवार्ता परीक्षाको तालिका समेत प्रकाशन गरेको छ । सो परीक्षाफलको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको समेत कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us