ललितपुरमा युवतीले वृद्धलाई बन्धक बनाएपछि…

काठमाण्डु टुडे २०७६ वैशाख २७ गते १४:४६ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख – आर्थिक लेनदेनको विषयमा व्यक्तिलाई बन्धक बनाएको अरोपमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर, ललितपुरको टोलीले बन्धक बनाइएका इमाडोलका ५८ कृष्ण चौडेललाई उद्दार गरी संलग्नलाई पक्राउ गरेको हो ।

महाशाखाका एसपी केदार ढकालका अनुसार पक्राउ पर्नेमा अमिना भुजेल छिन् । भुजेल र चौडेलबीच लेनदेनको विवाद रहेको बताइएको छ ।

अनुसन्धान अधिकारीका अनुसार भुजेलले चौडेललाई २ लाख रुपैयाँ ऋण दिएकी थिइन् । तर, ब्याज वापतको ५० हजार रकम दिन बाँकी थियो ।

रकम नदिएपछि भुजेलले उनलाई बन्धक बनाउने प्रयास गरेकी थिइन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us