बाग्लुङ, २९ वैशाख – अधिकांश युवा वैदेशिक रोजगारीमा रहेको बागलुङको काठेखोला गाउँपालिकाका ५५० जना बेरोजगारको सूचीमा दर्ता भएका छन् । सरकारले सुरु गरेको बेरोजगारको तथ्याङ्क सङ्कलनको क्रममा गाउँपालिकाका ५५० ले बेरोगारको सूचीमा नाम दर्ता गराएका हुन् ।रोजगार संयोजक विष्णुदेवी गैरेका अनुसार सबैभन्दा बढी काठेखोला...
जुम्ला , २९ वैशाख – सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गोठीचौर गाउँपालिका–२ की बृद्धा तुथकली बस्नेतले बल्ल ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । २००१ वैशाख ७ मा जन्मेकी बस्नेतले अहिलेसम्म नागरिकता बनाएकी थिइनन्। जिल्ला प्रशासन कार्यालय, जुम्लाद्वार सञ्चालित एकीकृत घुम्ती शिविरमा...
काठमाण्डु, २९ वैशाख – आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिन पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्ष मे १२...
झापा, २९ वैशाख – झापाको कनकाइस्थित माइ पुलमा भेटिएको बम सेनाको बम डिस्पोज टोलीले निष्क्रिय गरेको छ । चारआलीबाट खटिएको नेपाली सेनाको टोलीले बम निष्क्रिय गरेको हो । सो बस्तु टाइम बम हो, होइन सेनाले केही जानकारी गराएको छैन । शंकास्पद हटाएपछि यातायात सञ्चालन...
काठमाण्डु, २९ वैशाख – आज देशका मध्य र पश्चिमी पहाडी क्षेत्र लगायत पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको समेत जनाइएको छ । मौसमविद् विभूति पोखरेलका अनुसार भारतको...
नुवाकोट, २९ वैशाख – चट्याङ लागेर नुवाकोटको मेघाङमा शनिबार १ जनाको ज्यान गएको छ । चट्याङ लागेर मेघाङ–४ का ६८ वर्षीय निङ तामाङको शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवाकोटले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र...
काठमाण्डु, २८ वैशाख– दैलेखको नौमुले केन्द्रबिन्दु भएर ५.१ रेक्टर स्केलको भूकम्प गएको छ । राति १२ बजेर केही मिनेट जाँदा नौमुले केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।...
डडेल्धुरा, २८ वैशाख– गन्यापधुरा गाउँपालिकामा एक निजी विद्यालय सामुदायिक सरकारी विद्यालयमा समायोजन भएको छ। गन्यापधुरामा एक निजीसहित दुई सामुदायिक गरी तीन विद्यालय एकै विद्यालयमा समायोजन भएका छन् । गन्यापधुरामा विसं २०७२ मा स्थापना भएको मर्निङवेल बोर्डिङ स्कुल सामुदायिक विद्यालयमा समायोजन भएको गन्यपाधुरा शिक्षा इकाइले...
काठमाण्डु, २८ वैशाख– अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरुलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।...
अर्घाखाँची, २८ वैशाख– प्रहरीले सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्कालाई जबर्जस्ती करणी अभियोगमा पक्राउ गरेको छ । सन्धिखर्कको शान्ति बगैँचास्थित होटल क्याराभानबाट उनलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि कपिलवस्तु बुद्धभूमि नगरपालिकाकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ । कामका लागिआएकी ती...
चितवन, २८ वैशाख– चितवनमा प्रहरी हिरासतमा रहेका एक थुनुवाले आत्महत्या प्रयास गरेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका समीर घिसिङले आत्महत्या प्रयास गरेका हुन । उनको उपारका क्रममा पुरानो मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति निधन भएको हो । कालिका नगरपालिका १...
काठमाण्डु, २८ वैशाख– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देखि तीन दिनसम्म लगातार मौसममा बदली हुने जनाएको छ । विभागको दाबीअनुसार शनिबार, आइतबार र सोमबार मुलुकका अधिकांश स्थानमा चट्याङ हावाहुरीसहित भारी वर्षात हुनेछ । त्यस क्रममा असिनासमेत पर्नेछ । भारतको राजस्थानबाट आउने न्यूनचापीय...