
अर्घाखाँची, २८ वैशाख– प्रहरीले सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्कालाई जबर्जस्ती करणी अभियोगमा पक्राउ गरेको छ ।
सन्धिखर्कको शान्ति बगैँचास्थित होटल क्याराभानबाट उनलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि कपिलवस्तु बुद्धभूमि नगरपालिकाकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ । कामका लागिआएकी ती युवतीलाई होटल मिलाइदिने भन्दै करणी गरेको प्रहरीले जनाएको छ । खड्काले करणीअघि ती युवतीलाई अत्याधिक मदिरा सेवन गराएका थिए । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर खड्काथि अनुसन्धान अघि बढाएको जानकारी दिए ।