हिरासतमै आत्महत्या, प्रहरी चौकीमा ताण्डव

काठमाण्डु टुडे २०७६ वैशाख २८ गते १२:०६ मा प्रकाशित

चितवन, २८ वैशाख– चितवनमा प्रहरी हिरासतमा रहेका एक थुनुवाले आत्महत्या प्रयास गरेका छन् ।

इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका समीर घिसिङले आत्महत्या प्रयास गरेका हुन । उनको उपारका क्रममा पुरानो मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति निधन भएको हो । कालिका नगरपालिका १ सूर्यपुरका २४ वर्षीय घिसिङ चोरी आरोपमा गत २५ वैशाखमा पक्राउ परेका थिए । उनले २६ वैशाखमा थुनुवा कक्षको शौचालयमा आत्महत्या प्रयास गरेका थिए । घटनाको विरोधमा उनका आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय रत्ननगर र प्रहरी चौकी पदमपुरमा तोडफोड गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us