चट्याङले लियो एक जनाको ज्यान

काठमाण्डु टुडे २०७६ वैशाख २९ गते ९:५४ मा प्रकाशित

नुवाकोट, २९ वैशाख – चट्याङ लागेर नुवाकोटको मेघाङमा शनिबार १ जनाको ज्यान गएको छ ।

चट्याङ लागेर मेघाङ–४ का ६८ वर्षीय निङ तामाङको शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us