माइ पुलको बम डिस्पोज गरियो

काठमाण्डु टुडे २०७६ वैशाख २९ गते १०:०५ मा प्रकाशित

झापा, २९ वैशाख – झापाको कनकाइस्थित माइ पुलमा भेटिएको बम सेनाको बम डिस्पोज टोलीले निष्क्रिय गरेको छ ।

चारआलीबाट खटिएको नेपाली सेनाको टोलीले बम निष्क्रिय गरेको हो । सो बस्तु टाइम बम हो, होइन सेनाले केही जानकारी गराएको छैन ।

शंकास्पद हटाएपछि यातायात सञ्चालन भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवाश खड्काले बताए ।शंकास्पद वस्तु राखिएको ठाउँ नजिकै गोर्खा जनमुक्ति मोर्चा लेखिएको पर्चा भेटिएको छ ।

पर्चामा संघीयता खारेज गर, सुगौली सन्धिको भूमि फिर्ता गर, भ्रष्टाचार नियन्त्रण गर, सम्पूर्ण अंगीकृत नागरिकता खारेज गर लगायतका नारा लेखिएको छ ।

बिहान ‘मर्निङ वाक’ जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us