तीनदिनसम्म नेपालको मौसम बिग्रने, हावाहुरी र चट्याङसहित भारी वर्षा हुने

काठमाण्डु टुडे २०७६ वैशाख २८ गते १०:०१ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देखि तीन दिनसम्म लगातार मौसममा बदली हुने जनाएको छ ।
विभागको दाबीअनुसार शनिबार, आइतबार र सोमबार मुलुकका अधिकांश स्थानमा चट्याङ हावाहुरीसहित भारी वर्षात हुनेछ । त्यस क्रममा असिनासमेत पर्नेछ । भारतको राजस्थानबाट आउने न्यूनचापीय वायु, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा उतारचढाव आउने मौसमविदले जनाएका छन् । विभागले मौसममा हुने अदलीबदलीका कारण सतर्क रहन सर्वसाधारणमा आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us