आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस, नेपालमा ४८ हजार नर्स

काठमाण्डु टुडे २०७६ वैशाख २९ गते १०:१० मा प्रकाशित

काठमाण्डु, २९ वैशाख – आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गर्दैछन् ।

आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिन पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

नेपाल नर्सिङ परिषदको तथ्यांकअनुसार नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका गरी ४८ हजार ९ सयभन्दा धेरै नर्स छन् ।

नेपालमा सरकारी तथा निजी स्तरमा गरी साढे २ सय शिक्षण संस्थाबाट वर्षको ८ हजारभन्दा धेरै जनशक्ति उत्पादन हुने गरेको छ ।

तर योग्यताअनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु, काममा पनि विभेद हुनुजस्ता कठिनाइ नर्सहरूले भोगिरहेका छन् ।

विकसित देशमा सामान्यतया तीनजना बिरामीका लागि १ जना नर्स हुनुपर्ने प्रावधान छ । तर नेपालमा एउटै नर्सले २० देखि ३० जनासम्म बिरामी हेर्नुपरेको तथ्यांक छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us