
काठमाण्डू, २६ असार– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र (शाह) बालेनले कार्यपालिका बैठक आह्वान गरेका छन । मेयर बालेनले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् । त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने मेयरको सचिवालयले जनाएको छ ।
त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । कानुनी औपचारिकता पूरा भए २ बजेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्ने छ ।
सोही कार्यपालिकाले नगर सभाको मिति तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी रहेको महानगर स्रोतले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण महानगरको बजेट आउन ढिलाइ हुँदै आएको थियो ।