
काठमाण्डु, २६ वैशाख – सर्वोच्च अदालतले कानुन दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम न्यायपालिकाका कर्मचारीले बहिष्कार गर्ने भएका छन् ।
दुई वर्षदेखि कम्तिमा १ जना राजपत्र अंकित कर्मचारीलाई चीन अध्ययन भ्रमणका लागि मनोनयन गर्ने गरिएको र यसपटक नगरिएको भन्दै कर्मचारीले अदालतको कार्यक्रम बहिष्कार गर्ने भएका हुन् ।