
रुकुम, २६ वैशाख – रुकुम पश्चिमको चौरजहारीस्थित चौफा सव डिभिजन वन कार्यालयमा कार्यरत फरेस्टर महेन्द्र बिसी ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
कटान आदेशको काममा सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
बिसीलाई आयोगको सुर्खेतस्थित कार्यालयबाट गएको टोलीले मुसिकोट नगरपालिका १ कालिका मन्दिर नजिकको विमला खाजाघरबाट घुस रकमसहित पक्राउ गरेको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेकाे छ ।