
काठमाण्डु, २५ वैशाख – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज सामान्यतया देशभर मौसम सफा रहेको जनाएको छ ।
तथापि पूर्वी पहाडी भेगका एक–दुई ठाउँमा अपराह्न वा साँझपछि आंशिक बदली भई मेघगर्जन सहित क्षणिक हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै पश्चिम पहाडका पनि थोरै स्थानमा हल्का वर्षाको सम्भावना देखिएको महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।
भोलि बिहीबार पनि खासै मौसम बदलीको सम्भावना नरहेको मौसमविद् पोखरेलले बताइन् । पर्सि शुक्रबार भने पश्चिमी वायु भित्रिने र मौसम बदली सुरु हुने सम्भावना देखिएको उनले जानकारी दिइन् ।
बैशाख २५ गते (बुधवार):
दिउँसोः देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि पूर्वी पहाडी भेगका एक दुई स्थानमा अपरान्ह वा साँझ पछि आंशिक बदलि भई मेघ गर्जनसहित क्षणिक हल्का वर्षाको संभावना छ ।
राति: देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि पूर्वी पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना छ ।
बैशाख २६ गते (विहीवार):
दिउँसोः देशभर मौसम सामन्यतया सफा रहनेछ तथापि पहाडी भू-भागमा अपरान्ह पछि आंशिक बदलिको संभावना छ । पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।
राति: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा सामान्यतया सफा रहने देखिन्छ।
बैशाख २७ गते (शक्रवार):
दिउँसो: देशभर मौसम सामन्यतया सफा रहनेछ तथापि पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडी भू-भागमा अपरान्ह पछि आंशिक बदलिको संभावना छ । पूर्वी भेग लगायत मध्य र पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।
राति: देशको पश्चिमि भेगमा आंशिक बदलि रहनेछ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।