सेनाको ट्रकमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७६ वैशाख २५ गते १०:१३ मा प्रकाशित

लहान, २५ वैशाख – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयामा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ ।

चोहर्वास्थित नेपाली सेनाको बा १ ग २४६२ नम्बरको ट्रकमा स ६ प ८०१३ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ का सागरकुमार जयसवालको घटनास्थलमै मृत्य भएको हो ।

मल्हनियाँचोकमा बिग्रिएर रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा जयसवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us