
काठमाण्डु, २५ वैशाख – एकै पटक अत्यधिक ‘एक्सस’ भएपछि अमेरिकी डाइभर्सिटी भिषा (डिभी) २०२० को नतिजा हेर्ने आधिकारिक वेबसाइटमा समस्या देखिएको छ ।
युएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ काउन्सिलर अफेयरले ट्विट गर्दै डिभी आवेदकले एकै पटक उच्च संख्यामा ‘एक्सेस’ गरिरहेको जनाएको छ ।
डिभीलटरी डट स्टेट डट जिओभी अमेरिकी सरकारको डिभी चिट्ठा नतिजा थाहा पाउने आधिकारिक वेबसाइट हो । मंगलबार राति नतिजा सार्वजनिक भएसँगै आवेदकहरुले सो साइट एक्सेस गर्न प्रयास गरिरहेका छन् ।
नतिजा चेक गर्न कठिनाइ अनुभव गरिरहेका आवेदकहरुलाई ढिलो गरी आज वा भोलि नतिजा चेक गर्न ब्युरो अफ काउन्सिलरले आग्रह गरेको छ।
‘डाइभर्सिटी भिषा निवेदकः डिभीलटरी डट स्टेट डट जिओभीमा एकै पटक एक्सेस गर्ने निवेदकहरुको संख्या अति उच्च भएको छ’, ब्युरो अफ काउन्सिलरले भनेको छ, ‘जसका कारण केही आवदेकहरुले नतिजा जाँच गर्न अप्ठ्यारो अनुभव गरिरहनुभएको छ । हामी आज ढिलोगरी वा भोलि आफ्नो नतिजा हेर्न आग्रह गर्दछौं ।’
डीभी २०२० को नतिजा गएराति सार्वजनिक भएको हो । काठमाण्डुस्थित अमेरिकी दूतावासकाअनुसार सन् २०१८ को अक्टोबरदेखि नोभेम्बरसम्म इडीभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डीभी चिट्ठाको परिणाम सार्वजनिक भएको हो ।
डीभीसम्बन्धी अवाञ्छित इमेलहरूको जवाफ नदिन दूतावासले सर्वसाधारणमा आग्रह गरेको छ । ‘दूतावासले डीभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै इमेल पठाउँदैन । डीभीसम्बन्धी अवाञ्छित इमेलहरूको जवाफ नदिनुहोला’, दूतावासले भनेको छ । डीभीकाे नतिजा http://dvlottery.state.gov/ मा गएर हेर्न सकिने दूतावासले नाएकाे छ ।
#DiversityVisa Applicants: The volume of applicants trying to access https://t.co/obmrkalQj1 is currently very high, and some applicants are experiencing difficulty attempting to check their status. You may wish to wait to check your status later today or tomorrow. #DV2020
— Travel – State Dept (@TravelGov) May 7, 2019