अन्तर्राष्ट्रिय

सैनिक विमान दुर्घटना, दुई चालकको मृत्यु

२०७० चैत २५ गते १३:२९

इस्लामावाद, २५ चैत – पाकिस्तानी सैनिकको एक सानो जहाज मंगलबार गुजरवाला भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा उक्त विमानमा रहेका दुईजना चालकको ज्यान गएको छ । पाकिस्तानी सैनिकले मंगलबार सो दुर्घटनाका बारेमा जानकारी दिएको बताइएको छ । पाकिस्तानको राजधानी इस्लामावादबाट करिब १५१ किलोमीटर दक्षिणपश्चिममा रहेको गुजरवाला...

भारतमा लोकसभा निर्वाचन सुरु

२०७० चैत २४ गते १:२३

काठमाण्डु, २४ चैत– दक्षिण छिमेकी मुलुक भारतमा आजबाट लोकसेवा निर्वाचन सुरु भएको छ । नौ चरणमा सम्पन्न हुने निर्वाचनमा ८१ करोड ४० लाख मतदाता छन् । निर्वाचन ३४ दिनसम्म चल्नेछ । पहिलो चरणमा आज आसाम र त्रिपुरा राज्यका ६ क्षेत्रमा निर्वाचन भइरहेको छ ।...

भारतमा लोकसभा निर्वाचनको तयारी पूरा

२०७० चैत २३ गते ११:०३

नयाँदिल्ली, २३ चैत– भारतमा सोमबारबाट सुरु हुने लोकसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । पहिलो चरणमा सोमबार आसाम र त्रिपुरा राज्यका ६ क्षेत्रमा निर्वाचन हुँदैछ । विभिन्न नौ चरणमा हुने निर्वाचन सकिन एक महिना लाग्ने अधिकारीहरुले बताएका छन् । निर्वाचन आयोगका अनुसार ८१...

जातीय दङ्गामा इजिप्टमा २३ को मृत्यु

२०७० चैत २३ गते ७:५१

कायरो, २३ चैत–इजिप्टमा अकस्मात भड्किएको जातीय दङ्गामा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । सो हिंसामा परी ३० जनाभन्दा बढी घाइते भएको सरकारी समाचार संस्था मेनाले जनाएको छ । प्रहरीले उक्त हिंसाग्रस्त क्षेत्रमा सुरक्षाकर्मी परिचालित गरिसकिएको जनाएको छ । इजिप्टको दक्षिणी प्रान्तमा शनिवार...

भारतीय आम चुनावमा २० प्रतिशत मतदाता नयाँं

२०७० चैत २२ गते ३:४५

काठमाण्डु २२ चैत–आफूलाई संसारको सबै भन्दा लोकतान्त्रिक मुलुक दावी गर्ने नेपालको दक्षिणी छिमेकी भारतमा सोमबारदेखि १६ औ आम निर्वाचन हुँंदैछ । भारतीय निर्वाचनमा २० प्रतिशत मतदाता नयाँं अनुहारका छन । भारतीय निर्वाचनका लागि ६ वटा राष्ट्रिय पार्टीले संकलन गरेको रकम मध्ये ७५ प्रतिशत नखुलेको...

दिल्लीमा केजरीवाललाई सर्वसाधारणको झापड

२०७० चैत २१ गते ११:४६

काठमाण्डु, २१ फागुन – भारतमा नयाँ शक्तिको रुपमा उदाएको आम आद्मी पार्टीका प्रमुख अरबिन्द केजरीवाललाई दिल्लीमा एक सर्वसाधारणले झापड हानेका छन् । चुनावी प्रचारमा व्यस्त रहेका केजरीवाललाई दक्षिण दिल्लीको रोडमा एक सर्वसाधारणले आक्रमण गरेको भारतीय पत्रिका दैनिक भाष्करले लेखेको छ । केजरीवाल दक्षिणपुरी क्षेत्रमा...

इन्डोनेसियामा सुनामी चेतावनी रद्द

२०७० चैत २० गते ९:५६

जाकर्ता, २० चैत – इन्डोनेसियाले बुधबार सानोतिनो सुनामी आउन सक्ने भनि दिइएको सुनामी चेतावनी इन्डोनेसियाली जलवायु र भूशास्त्र अध्ययन संस्थाले विहीबार रद्द गरेको छ । उत्तरी चिलीको तटीय क्षेत्रमा मङ्गलबार राति शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पमा परी पाँच जनाको ज्यान जानुको साथै...

शैन्य अखडामा अन्धाधुन्ध गोली

२०७० चैत २० गते ६:४३

सन् २००९ मा १३ जनाको ज्यान लिने गरी गोली चलेको अमेरीकाको टेक्सस स्थित फोर्ट हुड शैन्य अखडामामा फेरी अन्धाधुन्ध गोली चल्दा चार जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्। सन् २००९ मा फोर्ट हुड भित्र अन्धाधुन्द गोली चल्दा १३ जनाको ज्यान गएको थियो । एक...

रसियाले युक्रेनका लागि ग्यासको भाउ बढायो

२०७० चैत १८ गते १०:३४

मस्को, १८ चैत – रसियाको ऊर्जा कम्पनीले युक्रेनका लागि ग्यासको भाउ बढाएको छ । रसियाले अन्यत्रको निर्यातमा नभई युक्रेनका लागि मात्र ग्यासको भाउ बढाएको समाचारमा जनाइएको छ । रसियाको एक उर्जा निर्यात कम्पनी ग्याजपोर्मले युक्रेनका लागि निर्यात गरिने ग्यासमा यसअघिको तुलनामा दुई तिहाई भन्दा...

निर्वाचन आयोग सरकारी सुरक्षाफौजको नियन्त्रणमा

२०७० चैत १७ गते ४:०४

काठमाण्डु, १७ चैत– अफगानिस्तानको सदरमुकाम काबुलस्थित निर्वाचन आयोगको कार्यालय पुन: सरकारी सुरक्षाकर्मीको नियन्त्रणमा आएको छ । निर्वाचन आयोगको मुख्यालयमा आक्रमण गरी नियन्त्रणमा लिने तालिवानी विद्रोहीको समूहका सदस्यलाई मारेर सरकारी फौजले कार्यालय नियन्त्रणमा लिएको हो । महिलाको भेषमा आएका बन्दुधारीले आयोग कार्यालयमा आक्रमण गरेपछि दुई...

थाइवानमा हतियार बिक्री नगर्न अमेरिकालाई चीनको चेतावनी

२०७० चैत १४ गते ३:१९

चीनले थाईवानमा हतियार बिक्री नगर्न अमेरिकालाई चेतावनी दिएको छ ।  चीनका रक्षा मन्त्रालयका प्रवक्ता कङ येन शङले अमेरिकाले थाइवानमा हतियारलाई बिक्री स्थगित गर्न चीनले ताकिता गरेको ताकेता गरेको बताए । अमेरिकाले थाइवानलाई हतियार बिक्री गरिरहेमा चीन र अमेरिका बीचको सम्बन्धमा नकारात्मक प्रभाव पर्न सक्ने...

रुसलाई ओबामाको चेतावनी

२०७० चैत १२ गते ४:३७

काठमाण्डु, १२ चैत –ओबामाअमेरिकी राष्ट्रपति बाराक ओबामाले युक्रेनको संप्रभुताको उल्लघंनलाई जारी राखे रुसले थप नाकाबन्दीको सामाना गर्नु पर्ने चेतावनी दिएका छन् । ओबामाले अमेरिका र युरोपीयन साझेदार रुसको अर्थ व्यवस्थाका तमाम क्षेत्रमा असर पर्ने खालका कदम उठान बाध्य हुने समेत चेतावनी दिएका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us