जातीय दङ्गामा इजिप्टमा २३ को मृत्यु

काठमाण्डु टुडे २०७० चैत २३ गते ७:५१ मा प्रकाशित

कायरो, २३ चैत–इजिप्टमा अकस्मात भड्किएको जातीय दङ्गामा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । सो हिंसामा परी ३० जनाभन्दा बढी घाइते भएको सरकारी समाचार संस्था मेनाले जनाएको छ ।
प्रहरीले उक्त हिंसाग्रस्त क्षेत्रमा सुरक्षाकर्मी परिचालित गरिसकिएको जनाएको छ । इजिप्टको दक्षिणी प्रान्तमा शनिवार दङ्गा भड्किएको हो ।
इजिप्टको दक्षिण प्रान्त आज्वानमा रहेका नुबियान दाबोउलिया र बानी हिलाल नामका दुई जातिका बीचमा सो हिंसा भड्किएको जनाइएको छ । त्यस झडपमा परी दुवै जातीय समुदायका व्यक्ति मारिएका बताइएको छ ।
उक्त जातिको कारण हिंसा प्रभावित क्षेत्रमा १७ वटा विद्यालय अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाइएको छ । जातीय दङ्गालाई गाउँलेले मिलाउने प्रयत्न गरे पनि असफल भएको बताइएको छ ।
सो हिंसामा परी घाइते भएका कैयौँको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्नेसमेत प्रहरीले अनुमान गरेको बताइएको छ ।
इजिप्टको दक्षिणी गाउँहरुमा यस्ता विभिन्न जातिका बीचको दङ्गालाई सामान्य मानिन्छ । तर यो भिडन्त भने पछिल्लो समयमा भएको सबैभन्दा ठूलो हिंसा भएको बताइएको छ । रासस/ सिन्ह्वा/ एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us