
काठमाण्डु, २४ चैत– दक्षिण छिमेकी मुलुक भारतमा आजबाट लोकसेवा निर्वाचन सुरु भएको छ ।
नौ चरणमा सम्पन्न हुने निर्वाचनमा ८१ करोड ४० लाख मतदाता छन् । निर्वाचन ३४ दिनसम्म चल्नेछ ।
पहिलो चरणमा आज आसाम र त्रिपुरा राज्यका ६ क्षेत्रमा निर्वाचन भइरहेको छ । आगामी २१ मेमा सकिने निर्वाचनको अन्तिम चरणमा बिहार, उत्तर प्रदेश र पश्चिम बंगालका ४१ क्षेत्रमा निर्वाचन हुने त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।
राजधानी नयाँ दिल्लीमा आगामी बिहीबार मतदान हुनेछ । निर्वाचन आयोगका अनुसार निर्वाचनको अन्तिम नतिजा जेठ १ गते सार्वजनिक गरिने छ । निर्वाचनमा कुल ५ सय ४३ मध्ये दुई सय ७२ सिट जित्ने दल वा गठबन्धनले सरकार बनाउनेछ ।
एक दशक शासन गरेको भारतीय कँग्रेस आई यसपटक पराजित हुने सर्वेक्षणहरु सार्वजनिक भइरहेका छन् । निर्वाचनमा भारतीय जनता पार्टी अगाडि आउने देखिएको छ ।
भारतीय जनता पार्टीले प्रधानमन्त्रीमा नरेन्द्र मोदी र कँग्रेस आईले राहुल गान्धीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका छन् ।