शैन्य अखडामा अन्धाधुन्ध गोली

काठमाण्डु टुडे २०७० चैत २० गते ६:४३ मा प्रकाशित

सन् २००९ मा १३ जनाको ज्यान लिने गरी गोली चलेको अमेरीकाको टेक्सस स्थित फोर्ट हुड शैन्य अखडामामा फेरी अन्धाधुन्ध गोली चल्दा चार जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्। सन् २००९ मा फोर्ट हुड भित्र अन्धाधुन्द गोली चल्दा १३ जनाको ज्यान गएको थियो ।

एक जना सैनिकले आफ्ना तीन साथीलाई गोली हानिसकेपछि आफैंलाई गोली चलाएको बताइएको छ।गोली चलाउने सैनिक इराकमा खटिएर फर्किएको बताइएको छ।

सो घटनाबारे प्रतिक्रिया दिदैँ राष्ट्रपति ओबामाले आफू मर्माहत भएको र पूर्ण रुपमा अनुसन्धान गरीने बताएका छन्।उक्त हमला फोर्ट हुड शैन्य अखडाको स्वास्थ केन्द्र नजिकै भएको विवरणहमा जनाइएको छ।गोली चलेपछी सो अखडा बन्द गरेर सबैलाई सुरक्षित स्थानमा बास बस्न आदेश दिइएको थियो।

कसैले गोलि चलाएको खबर आएलगत्तै पहिलो घोढचढी पतृनाले ट्विटर मार्फत ढोका लगाउन र झ्यालबाट टाढा बस्न मानिसहरुलाई सचेत गराएको थियो।एक जना स्थानिय टेलीभिजनका पत्रकारका अनुसार करीव २० वटा एम्बुलेन्स सो शैन्य अखडा भित्र प्रवेश गरेका थिए।

प्रत्यक्षदर्शीहरुले एम्बुलेन्सले घाइतेहरुलाई उपचारका लागी लगिरहेको देखेको बताएका छन्।सो अखडामाथी कम्तीमा २ वटा हेलिकप्टर घूमिरहेका थिए र प्रहरीका धेरै कारहरु त्यहाँको स्वास्थ केन्द्र नजिक तैनाथ गरीएका थिए।

अमेरीकी संचारमाध्यमहरुलाई जानकारी दिदैँ फोर्ट हुड स्थित आपतकालिन सेवा निर्देशनालयले हमलाकारी मारीएको भन्ने खबर पाएको तर त्यो पुष्टी गर्न नसक्ने जनाएको छ।

सिकागोमा सम्वाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति ओबामाले सो घटनालाई आफूले नजिकबाट नियालिरहेको भन्दै अवस्था अझै तरल रहेको बताएका छन्।

स्वतन्त्रताका लागी फोर्ट हुडले धेरै त्याग गरेको उल्लेख गर्दै राष्ट्रपति ओबामाले भने, “जरैसम्म पुगेर हामी यो घटनाको कारण पत्ता लगाउँने छौँ।”

अमेरीकी रक्षामन्त्री चक हेगलले सो गोली प्रहारलाई लाई दुख:दायी घटना भनेका छन्।

स्थानिय किलिन नगरका मेयर ड्यानियल कोर्विनले फोर्ट हुड एकदमै अनुभवी, अनुशासित र क्षमतावान शैनिकहरुको अखडा रहेको भन्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

सो अखडाका शैनिकहरु अफ्गानिस्तान र इराकमा समेत खटिदैँ आएका थिए।

यसअघि सन् २००९ मा फोर्ट हुड भित्र एक जना शैनिक मनोचिकित्सकले अन्धाधुन्ध गोली चलाउँदा १३ जनाको ज्यान गएको थियो भने करिव ३० जना घाइते भएका थिए।

सो आक्रमणमा संल्गन मेजर निडाल हसनलाई गएको सेप्टेम्बरमा मृत्यु दण्ड दिइएको थियो।

उनले आफगानिस्तानमा खटिन लागेका अमेरीकी शैनिकहरुबाट तालिबान उग्रवादीहरुलाई बचाउन गोली चलाएको दाबी गरेका थिए। BBC

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us