दिल्लीमा केजरीवाललाई सर्वसाधारणको झापड

काठमाण्डु टुडे २०७० चैत २१ गते ११:४६ मा प्रकाशित

kejariwalकाठमाण्डु, २१ फागुन – भारतमा नयाँ शक्तिको रुपमा उदाएको आम आद्मी पार्टीका प्रमुख अरबिन्द केजरीवाललाई दिल्लीमा एक सर्वसाधारणले झापड हानेका छन् ।

चुनावी प्रचारमा व्यस्त रहेका केजरीवाललाई दक्षिण दिल्लीको रोडमा एक सर्वसाधारणले आक्रमण गरेको भारतीय पत्रिका दैनिक भाष्करले लेखेको छ ।

केजरीवाल दक्षिणपुरी क्षेत्रमा आफ्ना पार्टीका उम्मेदवार देवेन्द्र सेहरावतको पुगेका थिए । सोही क्रममा उनीमाथि हमला भएको हो ।

केजरीवाललाई झापड हान्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको बारेमा केही खुलाईएको छैन । केही दिन पहिले पनि उनीमाथि अण्डा प्रहार भएको थियो ।

केही समयअघि दिल्लीकी तत्कालीन मुख्यमन्त्री शिला दिक्षितलाई हराएर चर्चामा आएका केजरीवालले काँग्रेसको समर्थनमा दिल्लीमा केही समय मुख्य मन्त्रीको जिम्वेवारीसमेत सम्हालेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us