रुसलाई ओबामाको चेतावनी

काठमाण्डु टुडे २०७० चैत १२ गते ४:३७ मा प्रकाशित

obamaकाठमाण्डु, १२ चैत –ओबामाअमेरिकी राष्ट्रपति बाराक ओबामाले युक्रेनको संप्रभुताको उल्लघंनलाई जारी राखे रुसले थप नाकाबन्दीको सामाना गर्नु पर्ने चेतावनी दिएका छन् ।

ओबामाले अमेरिका र युरोपीयन साझेदार रुसको अर्थ व्यवस्थाका तमाम क्षेत्रमा असर पर्ने खालका कदम उठान बाध्य हुने समेत चेतावनी दिएका छन् ।

राष्ट्रपति ओबामाले यस्तो कदमले अमेरिका र आफ्ना साझेदारहरुलाई समस्या पर्ने भए पनि आँफुहरु समस्यासंग जुध्न तयार रहेको समेत जिकिर गरेका छन् ।

ओबामाले रुस एक क्षेत्रीय शक्ती हुँदा हुँदै पनि उसले छिमेकी देशहरुमाथि देखाएको व्यवहार कमजोरीको पराकाष्ठा भएको समेत दावी गरेका छन् ।

ह्वाईट हाउसमा जारी बिज्ञप्तीमा राष्ट्रपति ओबामाले रुसले युक्रेनलाई अहिले पनि सोभियतसंघकै एउटा हिस्साको रुपमा व्यवहार गरिरहेको भन्दै व्यवहार परिवर्तनका लागि आग्रह गरेका छन् ।

बिवादित क्रिमियाको बिषयलाई लिएर आगामी जुन महिनामा रुसमा हुन लागेको जि एटको बैठकसमेत स्थगित भैसकेको छ, भने जि एटबाट रुसलाई निलम्बन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us